दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ भदौ ९ सोमवार १५:३६
shares

काठमाडौं, ९ भदौ । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २३.२२ अंकले बढेर २,७६३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १८२ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब ७५ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा नारायणी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन विकास हाइड्रोपावरका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाएका छन् भने साना किसान विकास लघुवित्तका लगानीकर्ताले ५.२६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी नेपाल रिइन्स्योरेन्सका लगानीकर्ताले ५.१० प्रतिशतका दरले कमाएका छन् भने नबिल डिबेन्चरका लगानीकर्ताले ४.५५ प्रतिशतका दरले कमाएका छन् ।

















