Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो शेयर बजार

3.08K
shares

काठमाडौं, ९ भदौ । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २३.२२ अंकले बढेर २,७६३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १८२ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब ७५ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा नारायणी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, आरबिवि म्यूचुअल लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ३.३७ प्रतिशतका दरले गुमाएका हुन् ।