शेयर बजारमा ६८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ भदौ ९ सोमवार १५:४८
shares

काठमाडौं, ९ भदौ । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २३.२२ अंकले बढेर २,७६३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १८२ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब ७५ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा आरबिवि म्यूचुअल लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ३.३७ प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ३.५४ प्रतिशतका दरले गुमाएका छन् भने सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ३.५० प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी खानीखोला हाइड्रोपावरका लगानीकर्ताले २.६३ प्रतिशतका दरले गुमाएका छन् भने एनएमबि ५० का लगानीकर्ताले २.५५ प्रतिशतका दरले गुमाएका छन् ।

















