उच्च अंकले बढ्यो शेयर बजार, २३२ कम्पनीको शेयर मूल्यमा वृद्धि
वि.सं.२०८२ भदौ ११ बुधवार १५:०९
3.82K
shares
shares

काठमाडौं, ११ भदौ । बुधवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ५६.६९ अंकले बढेर २,८२२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ६८ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा विकास हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, १०.२५ प्रतिशत केबीएल डिबेन्चर २०८६का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ५.७९ प्रतिशतका दरले गुमाएका हुन् ।

















