Dhulikhel Eco Banner new

मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा

2.86K
shares

काठमाडौं, १३ भदौ । मिड सोलु हाइड्रोपावर लिमिटेडले शेयरधनीहरूलाई १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको बिहीबार साँझ सम्पन्न सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१र८२ को नाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

घोषित लाभांशमध्ये १५ प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ०.७८९ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि मात्र छुट्याइएको कम्पनीले जानकारी दिएको छ।

उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरूलाई वितरण गरिनेछ।