Dhulikhel Eco Banner new

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

3.22K
shares

काठमाडौं, १६ भदौ । सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३४ हजार ७५० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।

आवेदन पेश गर्दा आवश्यक कागजात प्रमाण संलग्न गरी ललितपुर महालक्ष्मीमा रहेको कर्पोरेट कार्यालय वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलमा पेश गर्नुपर्नेछ ।