Dhulikhel Eco Banner new

समता घरेलु लघुवित्तको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

2.09K
shares

काठमाडौं, १८ भदौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको ४ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।

संस्थाको विद्यमान संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको उक्त संस्थापक शेयर बिक्री गर्ने इच्छा राखि निवेदन दिएकोमा संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचनामार्फत बिक्रीमा राखिएको थियो ।

शेयर खरिद गर्न योग्य ईच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरि संस्थाको बनेपामा रहेको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्ने शेयर कित्ता तथा दरभाउ सहितको व्यहोरा खुलाई निवेदन दिन संस्थाले सूचित गरेको छ ।