Dhulikhel Eco Banner new

नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा बस्याल नियुक्त

1.77K
shares

काठमाडौं, २० भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । सरकारले बस्याललाई मन्त्रीस्तरीय निर्णयमार्फत ३ वर्षका लागि अध्यक्ष नियुक्त गरेको हो।

शोभाकान्त पौडेल सचिवमा बढुवा भएपछि नेप्सेमा अध्यक्ष पद खाली थियो। बस्यालको नियुक्तिसँगै नेप्सेको नेतृत्वमा आएको रिक्तता अन्त्य भएको छ।

हालसम्म बस्याल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए। केही दिनअघि उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए।