Dhulikhel Eco Banner new

४/१२ कै कारण बजार घट्यो, मुख्य दोषि राष्ट्र बैंक

8.91K
shares

काठमाडौं, ७ असार । पुँजी बजार क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्डले शेयर बजार घट्नुको दोष बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकलाई लगाएको छ । बोर्ड अध्यक्ष रमेशकुमार हमालले मंगलबार पत्रकार सम्मेलन गरेर ४/१२ को राष्ट्र बैंकको नीतिका कारण बजार घटेको बताए ।

आफूले बजारका विषयमा विज्ञसँग कुरा गरेको भन्दै सबैले ४/१२ का कारण बजार घटेको बताए । राष्ट्र बैंकले ल्याएको जोखिम भार सम्बन्धि नीतिका कारण पनि समस्या भएको बताए । उनले यस विषयमा अर्थमन्त्रालय मार्फत राष्ट्र बैंकसँग कुरा गरेको बताए ।

राष्ट्र बैंकले नीति बनाउदा समन्वय नगरेको समेत उनले आरोप लगाए । ’राष्ट्र बैंक, बीमा समिति हामी जस्ता नियामक निकायहरु बीच नीति बनाउदा एक अर्कामा समन्वय हुनुपर्ने हो’ उनले भने, ’समन्वय पनि राष्ट्र बैंक मार्फत हुनुपर्छ, यस विषमा हामी राष्ट्र बैंक सँग कुरा गर्छौं ।’