Dhulikhel Eco Banner new

पुँजी बजारका समस्या समाधान गर्न एमालेको ध्यानाकर्षण

4.28K
shares

काठमाडौं, ७ असार । प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पुँजी बजारमा देखिएका समस्याका विषयमा सरकारले ध्यान दिनु पर्ने बताएका छ । संसद बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर शेयर लगानीलाई सुरक्षित बनाउन सरकारसँग माग गरेका छन् ।

शेयर बजारमा सुधारको सङ्केत नदेखिएकाले धितोपत्र बोर्डमा आबद्ध ५२ लाख डिम्याटकर्ताको लगानी जोखिममा परेको भन्दै यस तर्फ सरकारले ध्यान दिनु पर्ने भट्टराईको भनाइ थियो । ‘एकजना नेताले शेयर बजार जुवाजस्तै हो भन्नुभयो, त्यसपछि अर्थमन्त्रीले लगानीकर्तासँग गरेको सम्झौता पनि कार्यान्वयन हुन सकेन, लगानीकर्ताले शेयर बजारको सुधार गर्न माग गर्दै तिलक कोइराला आमरण अनशनमा छन्, त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ,’ प्रमुख सचेतक भट्टराईले भने ।