Dhulikhel Eco Banner new

कार्यालयमै थुनिए धितोपत्र बोर्डका हाकिम

5.58K
shares

काठमाडौं, ७ असार । नेपाल धितोपत्र बोर्डका कर्मचारी कार्यालय भित्रै थुनिएका छन् । पुँजी बजार समस्या समाधान संघर्ष समितिले बोर्ड बाहिर नाराबाजी गरेको र कर्मचारीलाई बाहिर आउन नदिएका कारण उनीहरु भित्रै थुनिएका हुन् ।

अहिले लगानीकर्ताले कार्यालयको मुल गेटमा नाराबाजी गरिरहेका छन् । आन्दोलनरत लगानीकर्ताहरु बोर्डले वार्ता समिति गठन नगरेको भन्दै आक्रोशित भएका हुन् । बोर्डका अध्यक्ष स्वेदश फर्किएको अवस्थामा पनि वार्ता टोली गठन नभएको भन्दै उनीहरु थप आक्रोशित बनेका हुन् ।

परिस्थिति नियन्त्रणमा लिनका थप प्रहरी बोलाइएको छ । अवस्थालाई नियन्त्रणमा लिन र कर्मचारीलाई बाहिर निकाल्नका लागि प्रहरीले बल प्रयोग गर्ने सम्भावना रहेको बताइएको छ ।