आरएसडिसी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने
वि.सं.२०८२ असोज ८ बुधवार ०९:५९
shares

काठमाडौं, ८ असोज । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
कम्पनीले उक्त शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनी बाहेक सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो।
संस्थापक शेयरधनीलाई भने यसअघि नै खरीदका लागि ३५ दिने अवधि दिएर प्रस्ताव गरिसकिएको कम्पनीले जानकारी दिएको छ।
इच्छुकले आगामी ७ दिनभित्र बुटवलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा निवेदन दिनु पर्नेछ। शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ।

















