Dhulikhel Eco Banner new

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

3.37K
shares

काठमाडौं, ८ असोज । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को सञ्चित मुनाफा तथा वित्तीय विवरणको आधारमा सो निर्णय गरेको हो।

हाल फाइनान्सको चुक्ता पूँजी ९१ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँ रहेको छ। उक्त पूँजीको १५ प्रतिशतका दरले वितरण हुने नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीहरूको बैंक खातामा जम्मा गरिनेछ।

कम्पनीका सचिव विकास राज शाक्यका अनुसार लाभांश प्रस्ताव राष्ट्र बैंकको स्वीकृतिका लागि पठाइसकिएको छ। राष्ट्र बैंक र साधारणसभाबाट स्वीकृति प्राप्त भएपछि शेयरधनीहरूले लाभांश प्राप्त गर्ने छन्।