Dhulikhel Eco Banner new

झापा इनर्जीको आईपीओ बाँडफाँड

2.47K
shares

काठमाडौं, ८ असोज । झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड भएको छ।

कम्पनीले भदौ २० गतेदेखि सर्वसाधारणलाई ४ लाख ७३ हजार ३३६ कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओमा करिब १८ लाख ६८ हजार १४१ जनाले आवेदन दिएका थिए । जसमध्ये १८ लाख ३३ हजार ७३८ जनाको आवेदन वैध ठहरिएको छ।

शेयर बाँडफाँड प्रणाली अनुसार, ४७ हजार ३३३ जनाले १०र१० कित्ता शेयर प्राप्त गरेका छन्। तीमध्ये ६ जना भाग्यमानीले थप १र१ कित्ता गरी ११ कित्ता शेयर प्राप्त गरेका छन्। बाँकी आवेदकहरूलाई भने कुनै पनि शेयर नपरेको हो।

आईपीओ बाँडफाँडको नतिजा केही समयपछि बिक्री प्रबन्धक तथा अन्य अधिकृत साइटहरूमा अनलाइनमार्फत हेर्न सकिनेछ।