Dhulikhel Eco Banner new

अध्यागमन विभाग दशैंको टीकाको दिनमात्र बन्द हुने

2.2K
shares

काठमाडौं, ९ असोज । बडादसैंको सार्वजनिक बिदाको अवधिमा अध्यागमन विभागले आफ्नो पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ। विभागले विजयादशमीको दिन असोज १६ गतेबाहेक अन्य सबै दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिने जनाएको छ।

अध्यागमन विभागका अधिकृत शिवकुमार अधिकारीद्वारा प्रकाशित सूचनाअनुसार, “दसैंको मुख्य दिन विजयादशमीबाहेक अन्य सार्वजनिक बिदामा पनि सेवाहरु यथावत रूपमा दिइनेछ।”

यस निर्णयअनुसार, विदेशबाट नेपाल आउने पर्यटकहरूका लागि भिसा सेवामा सहजता हुने विभागले विश्वास व्यक्त गरेको छ। दसैं जस्तो ठूला पर्वमा सेवा निरन्तर राखिनु सेवाग्राहीको सुविधाका लागि सकारात्मक कदमका रूपमा हेरिएको छ।