Dhulikhel Eco Banner new

शेयर बजारमा ३ अर्ब २६ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.21K
shares

काठमाडौं, ९ असोज । शेयर बजारमा ३ अर्ब २६ करोडको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ३० करोड ९० लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन यूनियन हाइड्रोपावरको १८ करोड ३४ लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ११ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी कालिका पावरको ७ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ भने लुम्बिनी विकास बैंकको ६ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।