Dhulikhel Eco Banner new

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ बाँडफाँड, ३,७७७ जना स्थानीयले पाए शेयर

2.34K
shares

काठमाडौं, १० असोज । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आयोजना प्रभावित स्थानीयबासिन्दाका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले भदौ ११ गतेदेखि ३१ गतेसम्म आयोजना प्रभावित पाल्पा र रुपन्देही जिल्लाका बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरमा जम्मा १ लाख ६३ हजार १२५ कित्ता शेयर जारी गरेको हो। बिक्री अवधिभर प्राप्त आवेदनहरूमध्ये रीतपूर्वक आवेदन दिएका व्यक्तिहरूबाट गरेर ३,७७७ जनालाई शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले जनाएको छ।