नबिल बैंकको कामु सिईओमा सुजित कुमार शाक्य
वि.सं.२०७९ असार ८ बुधवार १०:३०
5.02K
shares
shares

काठमाडौं, ८ असार । नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त भएका छन् ।
असार ६ गते बसेको बैंकको सञ्चालक समितिको ५९८ औं बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यलाई ७ देखि लागु हुने गरी का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको बैंकको कम्पनीले जानकारी दिएको छ ।
बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको कार्यकाल असार ६ गते समाप्त भएसँगै शाक्यलाई असार ७ गतेदेखि लागू हुनेगरी कामु सीईओको जिम्मेवारी दिइएको हो ।

















