Dhulikhel Eco Banner new

शेयर बजारमा ६९ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

4.19K
shares

काठमाडौं, १२ असोज । आइतवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ११.५१ अंकले बढेर २,६६३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १७० कम्पनीको शेयर मूल्य बढेको छ भने ६९ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन २ अर्ब ९३ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको सिकलेस हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन नविल ब्यालेन्स फण्डका लगानीकर्ताले ५.६० प्रतिशतका दरले गुमाएका छन् भने कालीका पावरका लगानीकर्ताले ५.२० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी चन्द्रागीरी हिल्सका लगानीकर्ताले ३.६३ प्रतिशतका दरले गुमाएका छन् भने बाराही हाइड्रोपावरका लगानीकर्ताले ३.५५ प्रतिशतका दरले गुमाएका छन् ।