Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.16K
shares

काठमाडौं, १२ असोज । आइतवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ११.५१ अंकले बढेर २,६६३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १७० कम्पनीको शेयर मूल्य बढेको छ भने ६९ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन २ अर्ब ९३ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा ग्लोबल आइएमई समुन्नत योजना–२का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

यसदिन भगवती हाइड्रोपावरका लगानीकर्ताले ७.७८ प्रतिशतका दरले कमाएका छन् भने युनियन हाइड्रोपावरका लगानीकर्ताले ५.३३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी नाडेप लघुवित्तका लगानीकर्ताले ५.२२ प्रतिशतका दरले कमाएका छन् भने शिखर इन्स्योरेन्सका लगानीकर्ताले ४.९७ पूतिशतका दरले कमाएका छन् ।