सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट
वि.सं.२०८२ असोज १२ आइतवार १५:१६
shares

काठमाडौं, १२ असोज । आइतवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ११.५१ अंकले बढेर २,६६३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १७० कम्पनीको शेयर मूल्य बढेको छ भने ६९ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन २ अर्ब ९३ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा ग्लोबल आइएमई समुन्नत योजना–२का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, सिकलेस हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

















