एक दिन पनि टिकेन शेयर बजारको उत्साह
वि.सं.२०७९ असार ८ बुधवार १५:३१
shares

काठमाडौं, ८ असार । शेयर कारोबार हुने साताको चौथो दिन बुधबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । अघिल्लो दिन बढेको कारोबार बुधबार पुनः ३१.२१ अंकले घटेर १ हजार ८ सय ९३ दशमलव ५३ मा पुगेको हो । यो अघिल्ला दिनकोभन्दा १.६२ प्रतिशतले कम हो ।
उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ९४ अंकले घटेको छ । यो १.६२ प्रतिशतले घटेको हो । सेन्सेटिभ इन्डेक्स ३६९ दशमलव १५ विन्दुमा झरेको छ । पुगेको छ ।
बुधबार कूल २२९ वटा कम्पनीको ३० लाख ३४ हजार ४ ८३ कित्ता शेयर खरिदबिक्री बाट ८४ करोड ३७ लाख ७३ हजार ४५९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्ला दिन सकारात्मक देखिएको शेयर बाजरमा १ अर्ब २३ करोड ८५ लाख १८ हजार २०१ रुपैयाँको कारोबार भएको थियो ।
बुधबार कारोबार भएका सबै उपसमूहको शेयर घटेको छ । पछिल्लो समय लगातार घटिरहेको बजारमा मंगलबार भने सुधार देखिएको थियो तर त्यो सुधार एक दिन पनि टिक्न सकेन् ।

















