Dhulikhel Eco Banner new

पुँजी बजारका विषयमा सरकारले ध्यान दिएन : बालेन

5.89K
shares

काठमाडौं, ८ असार । पुँजी बजार सुधारका लागि अनसन गरिरहेका लगानीकर्तालाई भेट्न गएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पुँजी बजारका विषयमा सरकारले हेल्चेक्र्याँई गरेको आरोप लगाएका छन् । सरकारले कुनैपनि नीति ल्याउँदा त्यसले समग्र बजारलाई कसरी प्रभाव पार्छ र देशको अर्थतन्त्रमा कस्तो असर पर्छ भन्ने कुरा राम्ररी ध्यान नदिएका कारण अहिलेको अवस्था सिर्जना भएको उनले बताएका हुन् ।

सेयर बजारले समग्र देशको विकासमै महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसमा सरकारले विशेष ध्यान दिनु पर्ने उनको भनाइ थियो । साहले आम व्यक्तिहरूले बुजेझैँ नेप्से घटाउन र बढाउन नभई यो आन्दोलन नीतिगत सुधारका लागि भन्दै आफ्नो प्रतिबद्धता रहेको बताएका छन् । १९ बुँदे मागहरू जायज रहेको भन्दै उनले सरकारको यसतर्फ ध्यानाकर्षण गराएका छन् ।

पुँजी बजार उत्पादनशील क्षेत्र हो । यहाँबाट तपाईहरू सबैले उत्पादनशील प्रोजेक्टको लागि लगानी गर्नुभएको छ, आयोजनाहरूमा लगानी गर्नुभएको छ,’ मेयर साहले भने ।