शेयर बजारमा ३ अर्ब २७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ असोज ३० बिहीवार १५:४५
2.09K
shares
shares

काठमाडौं, ३० असोज । शेयर बजारमा ३ अर्ब २७ करोडको कारोबार हुँदा मुक्तिनाथ विकास बैंकको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको १५ करोड ३० लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको १३ करोड ४ लाख रुपैयाँ कारोबार भएको छ भने शिवम् सिमेन्टको ११ करोड २८ लाखको कारोबार भएको छ ।
त्यसैगरी एनआरएन पूर्वाधारको ९ करोड ७९ लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ९ करोड ६४ लाख रुपैयाँ कारोबार भएको छ ।

















