Dhulikhel Eco Banner new

नेपाल फाइनान्सको संस्थापक शेयर बिक्रीमा

2.34K
shares

काठमाडौं, १३ कात्तिक । नेपाल फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी बिजय बहादुर मानन्धरको स्वामित्वमा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

कम्पनीले हाल उक्त शेयर नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको जनाएको छ।

उक्त शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर मूल्य समेत खुलाएर निवेदन दिनु पर्नेछ। तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।