कुमारी बैंकले ल्यायो ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट एक खाता, एक रुख
वि.सं.२०८२ कात्तिक २६ बुधवार १०:१४
shares

काठमाडौं, २६ कार्तिक । कुमारी बैंक लिमिटेडले दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सहयोग पु¥याउने उद्देश्यसहित “ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट” नामक नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ।
“एक खाता, एक रुख” सिद्धान्तमा आधारित यस योजनाअन्तर्गत खोलिने प्रत्येक खाताका लागि बैंकले आफ्ना तर्फबाट एक रुख रोप्नेछ, जसले ग्राहकहरूलाई वित्तीय लाभसँगै वातावरण संरक्षणमा पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहभागिता जनाउने अवसर प्रदान गर्नेछ।
बैंकका अनुसार, ग्रिन सेभिङ्गस खातामा साधारण बचत खाताभन्दा ०.२५ प्रतिशत बढी ब्याजदर, एक लाख रुपैयाँसम्मको बिमा सुविधा, दुई वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा, योग्यता अनुसार दुई लाख रुपैयाँसम्मको फोन लोन सुविधा लगायतका आकर्षक सुविधा उपलब्ध हुनेछन् । बैंकका दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलका अनुसार, यस योजनाबाट संकलित निक्षेपलाई दिगो विकास र वातावरणमैत्री क्षेत्रमा लगानी गरिनेछ, जसले वातावरण संरक्षणमा दोहोरो प्रभाव पार्नेछ।
कुमारी बैंकले देशभरका आफ्ना सबै शाखामार्फत यो योजना उपलब्ध गराएको छ र इच्छुक ग्राहकहरूले नजिकको शाखा वा बैंकको वेबसाइटमार्फत विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् । विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर ३०२ शाखा, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइमार्फत अत्याधुनिक सेवा दिइरहेको छ र आगामी दिनहरूमा पनि दिगो, सुलभ र प्रभावकारी सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।















