एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा, हकप्रद शेयर जारी गर्ने
वि.सं.२०८२ कात्तिक २६ बुधवार ११:१९
shares

काठमाडौं, २६ कात्तिक । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले शेयरधनीका लागि ४२.१०५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।कम्पनीले यो बोनस शेयरपछि कायम हुने चुक्ता पूँजीमा १ बराबर १ अनुपात अर्थात् शत प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।
त्यसैगरी कम्पनीले वार्षिक साधारणसभा पुस ४ गते बोलाएको हो । साथै कम्पनीले मंसिर ११ गते बुक क्लोजको मिति तय गरेको छ ।

















