Dhulikhel Eco Banner new

साना किसान विकास लघुवित्तको लाभांश घोषणा

2.63K
shares

काठमाडौं, २६ कात्तिक । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले शेयरधनीका लागि १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

जसमध्ये १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश रहेको छ ।  यो लाभांश आगामी साधारणसभाबाट स्वीकृति पश्चात प्रदान हुने कम्पनीले जनाएको छ ।