Dhulikhel Eco Banner new

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

3.37K
shares

काठमाडौं, ४ मंसिर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।

कम्पनीको आवको वितरण योग्य नाफाबाट कायम चुक्ता पूँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँको ५.६३६५ प्रतिशत बोनस शेयर र ४.३६३५ प्रतिशत नगद लाभांश (कर समेत्र) गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो।

घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित शेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव चन्द्र मणि चौलागाईंले जानकारी दिएका छन्।