प्रोटोन ईमास काठमाडौंमा एक्सचेन्ज अफर २४ सम्म विस्तार
वि.सं.२०८२ मंसिर ७ आइतवार १६:४२
shares

काठमाडौं, ७ मंसिर । जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले विशेष एक्सचेन्ज अफर कार्यक्रम काठमाडौँमा सञ्चालन गर्ने घोषणा गरेको छ। पूर्वनिर्धारित अवधिलाई थप एक दिन बढाउँदै यो कार्यक्रम नोभेम्बर २१ देखि २४ सम्म ज्ञानेश्वरस्थित एटीकमा आयोजना हुने भएको छ। चार दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूले प्रोटोन ईमासका प्रमुख विशेषता, सेवा सुविधा र अफरका फाइदाबारे विस्तृत जानकारी पाउनेछन्।
यस एक्सचेन्ज अफरको मूल्य रु. ४६ लाख ९९ हजारदेखि सुरु हुनेछ। प्रोटोन ईमास ७ मा शक्तिशाली १६० किलोवाट मोटर पावर, १८० मिलिमिटर ग्राउण्ड क्लियरन्स र ४९२ देखि ५८५ किलोमिटर एनइडिसी दूरीको क्षमता उपलब्ध रहेको छ।
उन्नत सुरक्षा प्रणाली र प्रिमियम डिजाइन सहितको यो इलेक्ट्रिक सवारी साधनको लम्बाइ ४६१५ मिलिमिटर रहेको कम्पनीले जानकारी दिएको छ। यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक इलेक्ट्रिक सवारी साधनमा सजिलै अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउनेछन्।















