Dhulikhel Eco Banner new

बैंकको मुद्धति निक्षेपमा करिब साढे ३ अर्ब लगानी गर्दै राष्ट्र बैंक

3.07K
shares

काठमाडौं, १० मंसिर । नेपाल राष्ट्र बैंकले बैंकहरूको मुद्धति निक्षेपमा करिब ३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ लगानी गर्ने भएको छ। यसका लागि राष्ट्र बैंकले मंसिर १२ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न बैंकहरूलाई आह्वान गरेको छ।

राष्ट्र बैंकका अनुसार कुल रकममध्ये वाणिज्य बैंकमा २ अर्ब ७५ करोड १ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ५१ करोड ५६ लाख रुपैयाँ, र राष्ट्रियस्तरका वित्त कम्पनीमा १७ करोड १८ लाख रुपैयाँ मुद्धति निक्षेपको रूपमा लगानी हुनेछ।

यो लगानी सन् २०८२ डिसेम्बर १७ देखि २०८३ डिसेम्बर १७ सम्म ३६६ दिनको अवधिका लागि हुनेछ भने, केन्द्रीय बैंकले लगानी प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउने जनाएको छ।