Dhulikhel Eco Banner new

स्याकार ट्रेडिङ्गद्वारा होन्डा अल न्यु सीआर भी नेपाली बजारमा सार्वजनिक

3K
shares

काठमाडौं, १० मंसिर । नेपालका लागि होन्डा गाडीको आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्ना ग्राहकहरूको मागलाई ध्यानमा राख्दै नेपाली बजारमा नयाँ एसयूभी होन्डा अल न्यु सीआर भी सार्वजनिक गरेको छ।

नयाँ मोडलमा अत्याधुनिक प्रविधि र लक्जरी सुविधाहरूको उत्कृष्ट संयोजन गरिएको छ। यसमा १.५ लिटर पेट्रोल टर्बो इन्जिन जडान गरिएको छ भने इन्टेरियरमा वेलकम सिट, फुल एलइडी लाइट, पानोरामिक सनरुफ, प्लाज्मा क्लस्टर प्रविधि, १० एयरब्याग र २१० एम्मी ग्राउण्ड क्लियरन्स जस्ता सुविधा छन्।

यो गाडी १०.२ इन्च टिएफटी टच डिस्प्ले, ड्राइभर मेमोरी सिट, १२ बोस प्रिमियम स्पिकर, र लेभल २ अडास जस्ता सुरक्षात्मक प्रविधिसहित ७ सिटर क्षमतामा उपलब्ध छ। कम्पनीका अनुसार, यो एसयूभी ठूलो परिवारका लागि उपयुक्त तथा नेपालको बाटोमा ‘पर्फेक्ट राइड’ अनुभव दिन सक्षम छ।

होन्डा अल न्यु सीआर भी चार रङ कालो, सेतो, निलो र सिल्भरमा उपलब्ध हुनेछ। टेस्ट राइडका लागि ग्राहकहरूले ललितपुर, धोबिघाटस्थित होन्डाको आधिकारिक शोरुममा सम्पर्क गर्न सक्नेछन्।

कम्पनीले नेपाली बजारमा उच्च गुणस्तर, प्रविधि र लक्जरी सुविधा भएको गाडी उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ।