कुमारी बैंक भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२५ मा दुई प्रतिष्ठित अवार्डबाट सम्मानित
वि.सं.२०८२ मंसिर १० बुधवार १६:०७
shares

काठमाडौं, १० मंसिर । कुमारी बैंक लिमिटेडलाई हालै आयोजित भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२५ सम्मेलनमा दुई प्रतिष्ठित अवार्डले सुसम्मानित गरेको छ। बैंकले “सीमापार व्यवसायमा उत्कृष्टता” र “उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा प्रमुख ग्राहकमा उत्कृष्टता” अवार्ड प्राप्त गरेको हो।
यो सम्मान कुमारी बैंकको अन्तर्राष्ट्रिय व्यापार र क्रेडिट कार्ड व्यापारमा देखाइएको उत्कृष्टता र योगदानको लागि प्रदान गरिएको हो। बैंकले स्थापना कालदेखि नै आधुनिक डिजिटल प्रणाली मार्फत उत्कृष्ट सेवा प्रदान गर्दै विभिन्न अवार्डहरू प्राप्त गर्दै आएको छ।
कुमारी बैंकले आगामी दिनमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता र पहुँच बढाउन डिजिटल सामर्थ्य अझ सुदृढ पार्ने प्रतिबद्धता जनाएको छ। हाल बैंकको ३०२ शाखा, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ४८ शाखारहित बैंकिङ्ग इकाई मार्फत देशभर आफ्ना ग्राहकहरूलाई आधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आएको छ । बैंकले अझ सरल, सुलभ र उत्कृष्ट सेवा प्रदान गर्न आगामी दिनमा पनि सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको छ।















