शेयर बजारमा ६ अर्ब ६६ करोड रुपैयाँ बढीको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ मंसिर ११ बिहीवार १५:३०
1.44K
shares
shares

काठमाडौं, ११ मंसिर । शेयर बजारमा ६ अर्ब ६६ करोड रुपैयाँ बढीको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४० करोड १७ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन ङादी ग्रुप पावरको १६ करोड ३६ लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको १५ करोड ९७ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी सीईडीबी होल्डिङ्सको १५ करोड ७८ लाख रुपैयाँ कारोबार भएको छ भने युनाइटेड मोदी हाइड्रोपावरको १४ करोड ५० लाख रुपैयाँ कारोबार भएको छ ।



















