Dhulikhel Eco Banner new

एन आई ३१’ का ईकाइहरुको कारोबार खुल्ला

4.58K
shares

काठमाडौं, १७ मंसिर । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित नबिल म्युचुअल फन्डको दोस्रो खुलामुखी योजना ‘एन आई ३१’ का ईकाइहरुको कारोबार सोमबारबाट खुला भएको जानकारी कम्पनीले दिएको छ। यस योजनामा सहभागी हुन इच्छुक लगानीकर्ताले मंसिर १५ देखि दर्ता गरी खरिद र बिक्री गर्न सक्नेछन्।

एन आई ३१ का ईकाइहरु काठमाडौंको नक्साल, नारायणचौरस्थित सेन्ट्रल प्लाजामा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय तथा कम्पनीको आधिकारिक वेबसाइटमार्फत खरिद र बिक्री गर्न सकिने कम्पनीले जनाएको छ। इच्छुक लगानीकर्ताले आफ्ना सुविधा अनुसार मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक अवधिमा न्यूनतम १,००० रुपैयाँबाट पनि योजना अन्तर्गत लगानी गर्न सक्ने व्यवस्था गरिएको छ। यससँगै लगानीकर्ताले सहज रूपमा डिजिटल माध्यममार्फत पनि योजना सञ्चालन गर्न सक्ने सुविधा उपलब्ध भएको छ।