Dhulikhel Eco Banner new

सम्पादक सोमविक्रम सिंहलाई पितृशोक

10.89K
shares

काठमाडौं, २४ मंसिर । सञ्चारघर डटकमका सम्पादक तथा नेपाल पत्रकार मञ्चका सदस्य सोमविक्रम सिंह पितृशोकमा परेका छन्। उनका पिता झलकबहादुर सिंहको ८५ वर्षको उमेरमा सोमबार निधन भएको परिवार स्रोतले जनाएको छ।

पर्यटन व्यवसायी तथा टानका पूर्व अध्यक्ष समेत रहेका झलकबहादुर सिंह लामो समयदेखि सक्रिय रूपमा पर्यटन क्षेत्रको प्रवद्र्धनमा संलग्न रहँदै आएका थिए। उनको निधनले पत्रकारिता तथा पर्यटन क्षेत्र दुबै क्षेत्रमा दुःखद् क्षति पुगेको मानिन्छ।

उनको निधनप्रति नेपाल पत्रकार मञ्चले गहिरो दुःख प्रकट गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ।