प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ
वि.सं.२०८२ मंसिर २४ बुधवार १७:५९
15.72K
shares
shares

काठमाडौं, २४ मंसिर । प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्यलाई सीआईबीले बुधबार ललितपुर–११ बाट पक्राउ गरेको छ। अनुसन्धानमा शाक्यले बैंकलाई एक अर्ब रुपैयाँभन्दा बढी हानी पुर्याएको देखिएको छ।
ब्युरोका अनुसार उनी नियम विपरीत सुपर एजेन्टलाई अग्रिम रकम उपलब्ध गराउँदा बैंकलाई करिब नौ करोड रुपैयाँ क्षति पुगेको छ। शाक्यसँगै सीईओ अशोक शेरचनमाथि पनि बैंकिङ कसूर सम्बन्धी अनुसन्धान भइरहेको छ।

















