झिनो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ मंसिर २५ बिहीवार १५:२२
shares

काठमाडौं, २५ मंसिर । बिहीवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार १.६६ अंकले घटेर २६०७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ४९ करोडको कारोबार भएको हो ।
झिनो अंकले घटेको शेयर बजारमा स्वस्तिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
यसदिन एसवाई प्यानलका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् भने ७.२५ प्रतिशत एसबिएल ऋणपत्र २०९१का लगानीकर्ताले ६.०४ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी श्रीनगर एग्रीटेक इन्डस्ट्रिजका लगानीकर्ताले ५.९९ प्रतिशतका दरले कमाएका छन् भने मोलुङ हाइड्रोपावरका लगानीकर्ताले ३.९१ प्रतिशतका दरले कमाएका छन् ।



















