शेयर बजारमा १४९ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ मंसिर २५ बिहीवार १५:२८
shares

काठमाडौं, २५ मंसिर । बिहीवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार १.६६ अंकले घटेर २६०७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १५६ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ४९ करोडको कारोबार भएको हो ।
झिनो अंकले घटेको शेयर बजारमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.४२ प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.७१प्रतिशतका दरले गुमाएका छन् भने माथिल्लो मेलुन खोला जलविद्युत लिमिटेडका लगानीकर्ताले ४.१० प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन सांग्रिला विकास बैंकका लगानीकर्ताले ३.९५ प्रतिशतका दरले गुमाएका छन् भने इङ्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ३.०२ प्रतिशतका दरले गुमाएका छन् ।



















