१४ सय रुपैयाँले व्यवसाय सुरु गरेका उद्योगी नानीराजको जीवन कथा
वि.सं.२०७९ असार १२ आइतवार १४:०४
shares

काठमाडौं, १२ असार । मकवानपुर जिल्लामा जन्मि हुर्केका नानीराज घिमिरे अहिले नेपाल फुटवेयर म्यानिफ्याक्चरिङ एसोसिएसनका अध्यक्ष हुन् । मकवानपुर जिल्लाको हेटौँडा नगरपालिका– ११ को नवलपुरमा जन्मेका घिमिरेको बाल्यकाल त्यहि बित्यो । उनले त्यहाँ रहेको त्रिभुवन माध्यामिक विद्यालयबाट एसएलसीसम्मको अध्ययन पुरा गरे ।
त्यस पछि मकवानपुर क्याम्पसबाट डिप्लोमा अध्ययन गरे । २०४२ सालमा एसएलसी दिएका घिमिरेले त्यसको अर्को वर्ष ४३ सालमा केही समय त्यहिको नगरपालिकामा समेत काम गरे । त्यतिखेर एसएलसीको नतिजा आउन एक वर्ष लाग्ने गरेको उनले सुनाए ।
नगरपालिकामा चुङ्गीकरको व्यवस्था थियो र त्यसमा ३ महिना काम गरेका घिमिरेले वैचारिक बिमती भएपछि त्यो काम छोडे । त्यस पछि उनले ४३ सालकै चैतमा घरमा समेत अन्त कतै जान्छु भनेर ढाँटेर घरबाट निस्किए र पहिलो पटक उनी काठमाडौं आए । उनी पहिलो पटक घरबाट ढाँटेर काठमाडौं आउँदा उनको गोजीमा १७०० रुपैयाँ थियो । ‘म घरमा अन्त कतै जान्छु भनेर ढाँटेर काठमाडौं आएँ, मेरो गोजीमा जम्मा १७०० रुपैयाँ थियो,’ विगत सम्झदै घिमिरे सुनाउछन् ।
१७०० रुपैयाँ साथमा रहेका घिमिरेलाई त्यो समयमा होलसेल पसल गर्ने सोच आयो । उनी भन्छन मलाई होलसेल पसल गर्ने सोच आयो । उनलाई अहिले मिति एकिन नभए पनि सायद २०४३ सालको चैत २२ गतेका दिन हुनु पर्छ उनी होलसेल पसल गर्ने हुटहुटीका साथ काठमाडौंको असन इन्द्रचोक खोज्दै हिँडे । मलाई इन्द्र चोक थाहा थिएन र म इन्द्रचोक खोज्दै त्यहाँ पुगेँको घिमिरेको अनुभव छ ।
उनी जुन दिन होलसेल गर्ने उद्देश्यका साथ इन्द्रचोक पुगेका थिए त्यो दिन हडतालको दिन परेछ । प्रहरी आउँने सटर खोल्ने र विद्यार्थी आएर सटर बन्दै गर्ने गरेको दृश्य उनका आँखामा अहिले पनि झलझली आइरहन्छ । हडताल र पहिलो पटक होलसेल पसल गर्ने हुटहुटीका साथ त्यहाँ पुगेका उनले साथमा रहेको १७०० मध्ये १४०० रुपैयाँको सामान लिएर उनको व्यवसायी यात्रा सुरुवात भयो । यहीँबाट सुरुवात भएको उनको व्यवसायी यात्रामा उनी अहिले उद्योग खोलेर करिब ९० जनालाई रोजगारी दिइरहेका छन् ।
उनले एसएलसी दिएपछि उनले तीन महिना नगरपालिकामा काम गर्दा बुबा, आमालाई दिएर त्यस पछि बचेको पैसा १७०० रुपैयाँ लिएर काठमाडौं आएका थिए । व्यापार गर्नु भन्दा पहिले सामान्य किसान परिवारमा हुर्केका घिमिरे अहिले पहिलेको अवस्था हेर्दा सन्तुष्ट रहेको सुनाउँछन् । मानिस कहिलै पनि सन्तुष्ट हुँदैन । पहिलेको अवस्था हेर्दा सन्तुष्ट छु तर सन्तुष्ट भएपनि सकियो, त्यसैले सन्तुष्ट पनि छैन उनले सुनाए ।
बुबाले खेती किसानीसँगै कार्पेन्टरको काम गर्ने र आमाले सबै घरको काम गर्ने गरेको उनले सुनाए । आम ग्रामिण वस्तीका नेपालीको जस्तै घिमिरेको पनि विद्यालय जानुभन्दा पहिले घाँस ल्याएर र विद्यालयबाट आएपछि दाउरा ल्याउनु पर्ने दैनिकीमा नै बितेको थियो ।
इन्द्रचोकबाट १४०० को सामान लिए र क्याम्पस पनि भर्ना भए । २०४४ सालमा उनी क्याम्पस पनि भर्ना भएर पढाई र व्यापारलाई सँगसँगै अगाडि बढाए । उनी हेटौँडाबाट एक–दुई महिनाको अन्तरमा सामान लिन काठमाडौं आउथेँ । व्यापार गर्ने भएपछि उनले क्याम्पस भने कम जान थाले । उनी दिनभर व्यापार गर्थे र साँझ साथीहरुसँग गएर त्यो दिन पढाएको पाठका बारेमा जानकारी लिन्थेँ । उनी सेल्फ स्टडी रुपमा अध्ययन गर्दर्थे ।
उनले २०४४ साल फागुन ५ गते काठमाडौंबाट लिएको सामान बिक्री गर्नका लागि हेटौँडाको राप्ती रोडको हलमा शुभकामाना स्टोर खोले । त्यो फेन्सी पसल थियो र त्यो त्यस ठाउँको पहिलो फेन्सी पसल पनि थियो । उनले त्यतिखेर गंगा यादवसँग मिलेर त्यो पसल खोले । त्यहिबाट उनी वास्तविक व्यवसायीका रुपमा अगाडि बढे । उनी त्यहीबाट अहिलेको अवस्थासम्म आउनका लागि विभिन्न संघर्षहरु गर्दै आए । उनी अहिले पनि संघर्षमा नै रहेको सुनाउँछन् । पहिलेको हेर्दा केही सफल भएको अवस्था हो तर खासमा म अझैँ पनि संघर्षमा नै रहेको छु ।
‘हेटौडाको बुद्ध चोकमा पसल गरेदेखि नै मेरो रियल विजनेश सुरु भयो, त्यही समयमा इन्टरसम्मको पढाई पनि सकियो, त्यो समय म कम समय मात्रै क्याम्पस जान्थेँ । इन्टर पढ्दा पुगनपुग वर्षदिनमा १०० दिन क्याम्पस गएँ होला, डिप्लोमा पढ्दा त झन १८–१९ दिन मात्रै क्याम्पस गएको छु,’ उनले सुनाए । उनको व्यापारमा साथी भाईहरुले पनि सहयोग गरे । उनलाई क्याम्पसमा पढेको विषयमा जानकारी दिने काममा साथीहरुले निकै मद्दत गरे । साथीहरुकै सहयोगमा उनले २०४४ सालमा डिप्लोमा पनि उत्तिर्ण गरे । व्यापारसँगै उनले आफ्नो अध्ययनलाई पनि निरन्तर्ता दिइनै रहे ।
यो अवस्थामा आइपुग्दा उनले पुनः अर्को व्यवसाय समेत सुरु गरे । शुभकामना स्टोर निरन्तर रुपमा चलिरहेको अवस्थामा बुबाको आग्रहमा उनले शुभकामना राइस मिल पनि सञ्चालन गरे २०५० सालको हाराहारीमा ।
उनले २०४८ मा डिप्लोमा गरे, पसलसँगै मिल पनि थपियो उनी फेरि स्नातकोत्तर अध्ययन गर्नका लागि काठमाडौं आउनु प¥यो । त्यस पछि शुभकामना स्टोर बन्द गर्नु प¥यो भने राइस मिल घिमिरेका बुबाले सञ्चालन गरिनै रहे ।
उनी अहिले पनि न्यू रोडमा पसेलेको रुपमा पनि रहेकै छन् । जुन उनले २०४९ सालदेखि गर्दै आएको पेशा हो । उनले डिग्री गर्न काठमाडौं आए पछि न्यूरोडमा व्यापार गर्न थालेका थिए । ४९ सालदेखि अहिले पनि न्यूरोडमा पसलेको रुपमा नै रहेको छु, उद्योगीका रुपमा त छँदैछन ।
स्नातकोत्तर शिक्षा हासिल गर्नका लागि काठमाडौं आएको भए पनि उनमा हेटौडामा नै सुरु गरेको व्यापारको नसा भने छोड्न सकेनन् । उनले व्यापारलाई काठमाडौंमा पनि निरन्तर्ता दिइनै रहे । उनले यसै बीचमा २०५४ सालमा कारखाना चोक स्वयम्बुमा शुभकामना फुटवेयर प्रोडक नेपाल नामको कम्पनी दर्ता गरेर उनी फुटवेर क्षेत्रमा प्रवेश गरे । अनि जुत्ता उत्पादन सुरु गरे । उनी अहिले पनि त्यहि क्षेत्रमा नै निरन्तर रुपमा लागिरहेका छन् ।
त्यतिखेर नेपाली जुत्ता बिक्री गर्नका लागि निकै गाह्रो हुने भएकाले नेपाली जुत्तालाई पनि विदेशी जुत्ता भनेर बिक्री गर्दै हिड्नु पर्ने बाध्यता पनि उनको जीवनमा आयो । नेपाली जुत्ता भनेपछि बिक्री हुँदैनथ्यो, हामी पाकिस्तानी, इण्डीयन केभन्दा बिक्री हुन्छ त्यही भनेर बिक्री गर्नु पथ्र्यो उनले भने ।
त्यतिबेला उनले उद्योग त खोले तर भारतिय र चाइनिज जुत्ताले पेलेका कारण उद्योग गर्न निकै कठिन भएको घिमिरेको अनुवभ छ । त्यसपछि २०५४ सालमा कारखाना चोकमा खोलेको उद्योगलाई उनले सितापाइलामा आफ्नै भवनमा सारे । त्यस पछि २०६१ सालमा आए पछि उद्योग गर्न सक्ने अवस्था नै रहेन, अनि उनले कारखाना बन्द गरे ।
कारखाना बन्द भए पछि घिमिरे चाइनिज काम गर्न थाले । तर उनले फेरि अघिल्लो चुनाव पछि बनेको सरकारले केही सहज वातावरण निर्माण होला भनेर पुनः उद्योग गर्न थाले । एकमना सरकार भए पछि केही होला र सहज वातावरण बन्ला उद्योगलाई प्राथमिकतामा राख्छ भन्ने सुने पछि उनले २०७५ सालमा पुनः निर्माण गरेर सितापाईला भन्दा अलि भित्रपट्टी रहेको शुभकामना टोलमा उनले २०७६ सालदेखि उद्योग सञ्चाल गर्दै आएका छन् । यो बाहेक उनले कृषि तथा इलेक्ट्रोनिक सामानको समेत व्यापार गरिरहेका छन् । उनले अहिले अस्पतालमा पनि लगानि गरिरहेका छन् ।
उनले दुई वर्ष देखि पुनः उत्पादन गरेर फस्टवाकको नामबाट बजारमा जुत्ताहरु पठाइरहेका छन् । उनले २०५७ सालमा फुटवेयर म्यानुफ्याक्चरिङ एसोशिएसन पनि दर्ता गराए । व्यवसायीको हकहितका लागि भनेर १३ जना रहेर संस्था खोलेको उनले सुनाए । जसको अहिले उनी आफै अध्यक्ष रहेका छन् ।
अहिले उनको उद्योगमा ९० जनाको हाराहारीमा रोजगारीमा संलग्न रहेका छन् भने दैनिक ३०० जोर जुत्ता उत्पादन गरिरहेका छन् । यसलाई विस्तार गर्ने उद्देश्यका साथ उनले दक्षिणकाली नगरपालिकामा पनि ७ रोपनी जग्गा लिएर उद्योग निर्माणको कार्य गरिरहेका छन् । दक्षिणकालीमा खोलिने उद्योग खासमा निर्यातमुखी हुने गरि काम गर्ने सोचका साथ अघी बढेका छन् अहिले घिमिरे ।

















