Dhulikhel Eco Banner new

मन्त्री आलेद्वारा राजिनामा

7.57K
shares

काठमाडौं, १२ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले राजिनामा दिएका छन् । मन्त्री आलेले एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाललाई राजिनामा बुझाएका हुन् ।

केही दिनदेखि मन्त्रीहरुले राजिनामा दिने भन्ने विषय चर्चामा रहेको थियो । पार्टीलाई राजिनामा दिएको र अब पार्टीले त्यसलाई आधार मानेर पद त्याग्न सक्ने मन्त्री आलेले बताए । आलेले पार्टी बैठकमा ४८ घण्टाभित्र राजिनामा दिने बताएका थिए ।