सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ पुस ८ मंगलवार १५:१२
shares

काठमाडौं, ८ पुस । मंगलवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ३.२७ अंकले बढेर २५८४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ४२ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा एसवाइ प्यानलका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.०१ प्रतिशतका दरले कमाएका हुन् ।
यसदिन गुरास लघुवित्तका लगानीकर्ताले ६.०१ प्रतिशतका दरले कमाएका छन् भने सयपत्री हाइड्रोपावरका लगानीकर्ताले ५.९६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, ग्रामिण विकास लघुवित्तका लगानीकर्ताले ५.८५ प्रतिशतका दरले कमाएका छन् भने लक्ष्मी भ्यालु फण्डका लगानीकर्ताले ५.७५ प्रतिशतका दरले कमाएका छन् ।















