Dhulikhel Eco Banner new

सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट

2.72K
shares

काठमाडौं, ९ पुस । बुधवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार १.२७ अंकले बढेर २५८५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १११ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब २२ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा इन्फिनिटी लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.३७ प्रतिशतका दरले कमाएका हुन् ।

त्यसैगरी ग्रामिण विकास लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.२३ प्रतिशतका दरले गुमाएका छन् ।