सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ पुस ९ बुधवार १५:१७
shares

काठमाडौं, ९ पुस । बुधवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार १.३७ अंकले बढेर २५८५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १११ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब २२ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा इन्फिनिटी लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.३७ प्रतिशतका दरले कमाएका हुन् ।
यसदिन नेशनल हाइड्रोपावरका लगानीकर्ताले ४.२६ प्रतिशतका दरले कमाएका छन् भने हिमस्टार उर्जाका लगानीकर्ताले ४.१९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी सिद्धार्थ बैंकका लगानीकर्ताले ३.९७ प्रतिशतका दरले कमाएका छन् भने नविल डिबेन्चरका लगानीकर्ताले ३.८९ प्रतिशतका दरले कमाएका छन् ।



















