नेपाल बैंकमा रोजगारीको अवसर
वि.सं.२०८२ फागुन १ शुक्रवार १०:०८
2.96K
shares
shares

काठमाडौं, १ फागुन । नेपाल बैंक लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ । ५८ जनाका लागि नेपाल बैंक लिमिटेडले कर्मचारी माग गरेको हो । बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो ।
बैंकले वरिष्ठ प्रबन्धक, सहायक प्रबन्धक, सहायक प्रबन्धक (आईटी), सहायक प्रबन्धक (सीए), सहायक (आईटी) र सहायक पदमा जम्मा ५८ जनाका लागि आवेदन खुलाएको हो।
सम्बन्धित पदका लागि इच्छुक व्यक्तिले फागुन २१ गतेसम्म र दोब्बर दस्तूर तिरी फागुन २८ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्।
















