Dhulikhel Eco Banner new

विश्व बैंकको दक्षिण एसियाका क्षेत्रीय उपाध्यक्षमा मार्टिन

4.51K
shares

काठमाडौं, १७ असार । विश्व बैंकले दक्षिण एसियाका क्षेत्रीय उपाध्यक्षमा अर्थशास्त्री तथा विकास सम्बन्धी विज्ञता हासिल गरेका मार्टिन रेजरलाई नियुक्त गरेको छ । दक्षिण एसियाका क्षेत्रीय उपाध्यक्ष भएसँगै उनको नेतृत्वमा दक्षिण एसियाली राष्ट्र–अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान, श्रीलंकाको बैंकिङ्ग सम्बन्ध सुधार गर्ने बताएका छन् । त्यस्तै विभिन्न योजनाहरुमा प्राविधिक तथा वित्तीय सहायताको लागि ५५ अर्ब डलर सहयोग गर्ने भएका छन् ।

उनले जुलाई १, २०२२ बाट दक्षिण एसियाको क्षेत्रीय उपाध्यक्षको कार्यभार सम्हाल्ने बताइएको छ । यस अघि उनले चीन र मङ्गोलियाका देशीय निर्देशक र कोरियाको निर्देशकको रुपमा कार्यभार सम्हालेका थिए । यसैगरी उनले ब्राजिल, टर्कीया, युके्रन, बेलारुस, माल्दोभा, युज्बेकिस्तानको देशीय व्यवस्थापक भएर काम गरिसकेका छन् ।

दक्षिण एसियाली क्षेत्र कोभिड–१९ बाट प्रभावित हुने राष्ट्रहरुमा अग्रीम रहेको र हालको समयमा अर्थतन्त्र मजबूत नहुँदा विभिन्न समस्याहरु भोगिरहेको रेजरले बताएका छन् ।