Dhulikhel Eco Banner new

नविल र बंगलादेशको संयुक्त कारोबार असार २७ बाट

5.2K
shares

काठमाडौं, २० असार । नविल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार असार २७ गतेबाट सुरु हुने भएको छ । दुई बैंक मर्जर भए पछि नबिल बैंकको नामबाट २७ गते आइतबारदेखि संयुक्त कारोबार हुने भएको हो ।

यी दुई बैंकको मर्जर प्रस्ताव जेठ ७ गते सम्पन्न भएको सभाले पारित गरेको थियो भने राष्ट्र बैंकले असार १५ गते संयुक्त कारोबारको लागि अन्तिम स्वीकृति दिएको थियो । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००ः४३ सेयर स्वाप अनुपातमा मर्ज गरेको हो । नेपाल बंगलादेश बैंकको १०० कित्ता शेयर बराबर उक्त बैंकका शेयरधनीहरुलाई नबिल बैंकको ४३ कित्ता (१ः०.४३) शेयर दिने भएको छ ।

नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै यी दुई बैंकले एकिकृत कारोबार गर्न लागेका हुन् । असार १९ बसेको यी दुई बैंकको संचालक समितिको बैठकले एकिकृत कारोबार गर्ने निर्णय गरेको थियो । मर्जरपछि नबिललाई एनबीबाट करिब साढे ४ अर्ब रुपैया चुँक्ता पूँजी थपिदैछ । नबिलले एनबी बैंकलाई प्रति सेयर ४३ रुपैयाँका दरले गाभेको आफुँमा गाभेको हो ।

हाल नबिल बैंकको चुक्तापुँजी १८ अर्ब ४९ करोड र एनबी बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रहेको छ । मर्जरपछि नबिल बैंकको चुँक्ता पूँजी २७ अर्ब ५८ करोड रुपैयाँ पुग्ने भएको छ ।