सोनापुर मिनरल्स्को वार्षिक साधारणसभा साउन १५ गते
वि.सं.२०७९ असार २० सोमवार १२:११
shares

काठमाडौं, २० असार । सोनापुर मिनरल्स् एण्ड आयल लि. को १४ औं वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा कम्पनीको साउन १५ गते रजिष्टर्ड कार्यालय, घर नं.१२४, त्रिकुटी मार्ग बत्तीसपुतली काठमाडौंमा दिउँसो ४ बजे बोलाएको हो ।
उक्त सभामा कम्पनीको पूँजी वृद्धि गर्ने र प्रबन्धपत्र संशोधन तथा आईपीओ निष्कासन प्रिमियममा जारी गर्ने सम्बन्धमा नियमनकारी निकायबाट थपघट , परिवर्तन वा संशोधनको निर्देशन भएका सोही बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियार दिने तथा अन्य छलफलहरु हुनेछन् ।

















