५५ बैंक तथा वित्तीय संस्थाको साढे १७ खर्बभन्दा बढी निक्षेप सुरक्षण
वि.सं.२०८३ जेठ १३ बुधवार १४:०५
shares

काठमाडौं, १३ जेठ । आर्थिक वर्ष २०८१\८२ को आर्थिक सर्वेक्षणमा बीमा क्षेत्रको विस्तृत अवस्था सार्वजनिक गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार संघीय संसद्मा सर्वेक्षण प्रस्तुत गर्दै बीमा क्षेत्रको दाबी भुक्तानी, रोजगारी र संरचनागत अवस्थाबारे विवरण दिएका हुन् ।
सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म जीवन बीमा तर्फ १ लाख २५ हजार ८३० दाबीमा रु। २६ अर्ब ८४ करोड बराबरको भुक्तानी गरिएको छ । त्यसैगरी निर्जीवन बीमा तर्फ ९४ हजार २१५ दाबीमा रु. १७ अर्ब ३१ करोड बराबरको भुक्तानी भएको उल्लेख छ ।
बीमा क्षेत्रमा जीवन र लघु जीवन बीमा गरी १२ हजार ४३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । साथै करिब ४ लाख १२ हजार ४५२ अभिकर्ता अप्रत्यक्ष रोजगारीमा संलग्न रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
निर्जीवन बीमा व्यवसायमा क्षति मूल्याङ्कन गर्ने १ हजार २२४ सर्भेयर र १६ पुनर्बीमा अभिकर्ताले समेत रोजगारी पाएको विवरण सार्वजनिक गरिएको छ । सर्वेक्षणले २०८२ फागुन मसान्तसम्म कुल ३७ वटा बीमा कम्पनी सञ्चालनमा रहेको र तीमध्ये स्वदेशी लगानीका कम्पनीहरूको हिस्सा सबैभन्दा बढी रहेको जनाएको छ ।















