४५ सार्वजनिक संस्थानमध्ये २७ नाफामा, १६ वटा घाटामा
वि.सं.२०८३ जेठ १३ बुधवार १४:१६
1.53K
shares
shares

काठमाडौं, १३ जेठ । नेपालमा आर्थिक वर्ष २०८१\८२ सम्म अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्र नाफामा रहेको पाइएको हो ।
आर्थिक सर्वेक्षण २०८२र८३ ले यस आवसम्म १६ संस्थान नोक्सानीमा रहेको र २ वटा बन्द अवस्थामा रहेको पाइएको छ । अघिल्लो आवमा २८ वटा नाफामा, १५ वटा नाफामा र २ वटा मात्रै घाटामा थिए ।
२०८२ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल शेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड पुगेको छ । सेयर र ऋण गरी कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड पुगेको छ ।















